महिला प्रहरीलाई बलात्कार गरेका आरोपमा प्रशासकीय अधिकृत पक्राउ

महिला प्रहरीलाई बलात्कार गरेका आरोपमा प्रशासकीय अधिकृत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालकी जवान महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका हुन् ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले महिलामाथि बलात्कारको आरोपमा प्रशासकीय अधिकृत थापालाई पक्राउ गरिएको जानकारी दिए ।

स्रोतकाअनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा शारीरिक सम्पर्क हुँदै आएको थियो । पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दियो ।

प्रहरीले प्रशासकीय अधिकृत थापालाई बिहिबार अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।