काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार आठ सय ९८ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४९ जना कोराना संक्रमण मृक्त भएका छन् । यो सहित कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार दुई सय ७१ पुगेको छ । यही अवधिमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सहित कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय २ पुगेको छ । अहिले नेपालमा पाँच हजार ४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया