खड्काले पाए अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षको जिम्मेवारी

खड्काले पाए अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । अनेरास्ववियुको शुक्रबार आयोजित भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । आर आर अखिलमा नेतृत्वलाई लिएर विवाद थियो । संगठनका अधिकांश कार्यकर्ताले खड्कालाई अध्यक्ष बनाउन नेतृत्वलाई दबाव दिंदै आएका थिए ।

कमिटीको उपाध्यक्षमा गणेश ब. धानुक, सचिवमा वसन्त कठायत,सहसचिवहरु आकृती बिष्ट, मोहन गुरागांई,नविन बोहरा र कोषाध्यक्षमा पूर्णिमा कोइराला चयन भएकी छन् ।

अखिलले ४१ सदस्यीय समिति गठन गरेको छ । कमिटीमा अरु ८ जना पछि मनोनित गर्ने जनाइएको छ । अनेरास्ववियुका उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष पंकज भण्डारीको अध्यक्ष मण्डलले शुक्रवार कमिटी घोषणा गरेको हो ।