काठमाण्डु – नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।
अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको छ भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेद्धारी परेको छ ।
सदस्यतर्फ समावेशीमा सात जना र खुला तर्फ १४ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए । कुल १ हजार ७ सय १८ मतदाता रहेका छन् ।
पुस २४ गते हुने निर्वाचनका लागि सात प्रदेशमा एक एक वटा र काठमाण्डु उपत्यकामा एक वटा गरी कुल आठ वटा मतदान केन्द्र तोकिएको छ ।





प्रतिक्रिया