काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले एमसीसीबारे लिएको अडानले आफु आश्चर्यचकित भएको बताएका छन् । सम्पादकहरुसंग शनिवार आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै दाहालले जनता पार्टीका संघीय परिषद अध्यक्ष भट्टराइले एमसीसीको सन्र्दभमा उनको फेरिएको धारणा देखेर आफु चकित परेको बताए ।
दाहालले सर्वदलिय बैठकमा भट्टराइले एमसीसी आफनो पालामा अघि बढेको भन्दै पारित गर्नुपर्ने धारणा राखेको दावी गरे । उनले भट्टराइले एमसीसीको स्वामित्व लिन किन खोजेको आफुले बुझ्न नसकेको समेत बताए ।
सर्वदलिय बैठकमा भट्टराइले संसदको बहुमतले उक्त प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव भने त्यसमा मौन बसेका छन् । दाहालले माओवादी केन्द्र प्रश्न उठेको विषयमा संशोधन नगरी एमसीसी पास गर्न नहुने पक्षमा रहेको स्पष्ट पारे ।




प्रतिक्रिया