काठमाण्डु – नेकपा माओवादी केन्द्रले पहिलो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै प्रचारप्रसार ग¥यो । त्यसैअन्तर्गत वडा, पालिका र प्रदेश सम्मेलन भए ।
तर माओवादीले एकाएक निर्णय फे¥यो – पहिलो राष्ट्रिय सम्मेलन होइन, आठौं महाधिवेशन भन्ने । कस्तो आश्चर्य ? पहिलो सम्मेलनबाट एकैपल्ट आठौं महाधिवेशन । माओवादी नेता कार्यकर्ता नै चकित भए ।
काठमाडौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा दोस्रो तहका कतिपय नेताहरूले ‘प्रचण्डपथ’ ब्युँताउनुपर्ने कुरालाई जोडबल गरिरहेका छन् । खासगरी प्रचण्डको जोडबलबाट मन्त्री भएका जनार्दन शर्मा लगायत नेताहरू प्रचण्डपथ खोजिरहेका छन् ।
गत असारमा मन्त्री बनेको अर्थमन्त्री शर्माले असोज २३ गते प्रचण्डपथलाई कोट्याए । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा शर्माले भने, ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो । अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।’
माओवादीमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेका बेला पुस १ गते जनसांस्कृतिक महासंघ नेपालको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटनमा अर्थमन्त्री शर्माले भने, ‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औं शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं । त्यसको सही उपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौं । मानौं त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिंग, समुदायको भावनाको संश्लेषण, हजारौं घाइते योद्धाहरूको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकिदियौं । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती ग¥यो ।’
अर्थमन्त्री शर्माले मात्रै होइन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले समेत विभिन्न मौकामा प्रचण्डपथको वकालत गर्ने गरेकी छन् । तर प्रचण्ड स्वयंले प्रचण्डपथ नब्युँताउने बताएका छन् । शनिबार सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रचण्डले भने, ‘जनयुद्धमा हामी हुँदै गर्दा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डपथको विषयमा छलफल भएर निर्णय भएको हो । अहिले पार्टी र आन्दोलनको पनि समीक्षा गर्ने क्रममा यो विषय उठेको छ । शान्ति सम्झौतामा आइसकेपछि कम्युनिस्टहरूको बृहत्तर एकताको आवश्यकता महसूस गरेपछि प्रचण्डपथलाई स्थगन गरियो । त्यसले गर्दा राम्रो भएन भन्नेसम्ममा हामी छौं तर फेरि प्रचण्डपथ ल्याउनुपर्छ भन्ने हाम्रो बिल्कुल होइन । किनभने त्यो हिजो एउटा परिस्थितिको र चरणको कुरा थियो । अब हामी नितान्त भिन्न परिस्थितिमा, भिन्न चरणमा छौं । प्रचण्डपथ जुन तरिकाद्वारा छोडियो । त्योभन्दा भिन्न तरिकाले बहस छलफल गरेर अब हामी अगाडि यसरी जाने हो भन्ने कुराको पनि चित्र बनाएर गरेको भए बढी राम्रो हुन्थ्यो भन्नेसम्ममा चाहिँ हामी छौं ।’
पाइला–पाइलामा अस्पष्टता
अध्यक्ष प्रचण्डले नै प्रचण्डपथको पुनरोदयलाई अस्वीकार गरिरहेका बेला माओवादी मन्त्रीहरूले प्रचण्डपथलाई चर्चा र बहसमा ल्याउनुलाई कतिपयले प्रचण्डलाई खुसी पार्ने उपायको रूपमा बुझेका छन् । तैपनि यतिबेला प्रचण्डपथ विकृत रूपमा प्रयोग भइरहेको छ । प्रचण्ड हिडिरहेको पथ स्पष्ट छैन, अस्वाभाविक साँठगाँठ र वैचारिक विचलनका संकेतहरू देखिएका छन् ।
अहिले प्रचण्डपथमा सामान्य स्पष्टता समेत नभएको कुरा पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्नुबाटै प्रस्ट देखिएको बताइन्छ । राष्ट्रिय सम्मेलन गर्ने कि महाधिवेशन वा कतिऔं सम्मेलन र महाधिवेशन गर्ने भन्नेमै माओवादी अलमलमा परेको देखियो ।
पार्टीगत सहकार्य र गठबन्धनका विषयमा समेत माओवादी पार्टी अस्पष्ट देखिन्छ । कुरामा कम्युनिस्ट एकता भन्छ तर प्रधानमन्त्री बनाउन नेपाली कांग्रेससँग सहकार्य गर्छ । सत्ता स्वार्थ पूरा गर्न वैचारिक निकटतालाई बिर्सेर जोसुकैसँग पनि सहकार्य गर्न तयार हुने अवस्थामा प्रचण्डपथ पुगेको छ ।
कालोधनसँग साँठगाँठ !
‘राष्ट्रिय पुँजीको विकास’ गर्ने भाषणबाजी गर्दै आएको माओवादी नेतृत्व अवैध बाटोबाट आर्जित स्रोत नखुलेको कालोधनलाई वैधता दिने विकृत शैलीको पक्षपाती बन्यो । माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले बजेट वक्तव्यमा ‘आगामी २०८० सालको चैतसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयस्रोत नखोजिने’ व्यवस्था गरे । स्रोत नखुलेको सम्पत्तिलाई कालोधन मानिन्छ । शर्माले २०८० सालसम्मै कालोधन थुपार्ने र मान्यता दिने मौका समेत दिएका छन् । कालोधन सेतो बनाउने शर्माको अभियानलाई अध्यक्ष प्रचण्ड, माओवादी पार्टी र सत्तारुढ गठबन्धनले साथ दिएर संसदबाटै पारित गरिएको छ ।
बदनाम ठेकेदारसँग भित्री सम्बन्धदेखि छोरीबुहारीलाई अवसर
अध्यक्ष प्रचण्ड ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्छन् । उनी शैलुङ कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् । ठेक्का लिएर समयमै काम नगरेका कारण अधिकारी बदनाम छन् । तर प्रचण्डको पावरका आँडमा शैलुङ कालोसूचीबाट बच्दै आएको आरोप लाग्ने गरेको छ ।
वर्गीय मुक्तिका लागि संघर्ष गरेको भन्दै आएका प्रचण्ड हाल पारिवारिक मुक्तिमा केन्द्रीय भएको समेत देखिन्छ । प्रचण्डपथ परिवारपथमा रुपान्तरण भएको देखिन्छ । पार्टी र राजकीय अवसरमा छोरी, बुहारी, ज्वाइँलाई मौका दिएको र जनयुद्धमा संघर्ष गरेका घाइते, अपाङ्गलाई बेवास्ता गरेको आरोप समेत प्रचण्डलाई लाग्ने गरेको छ ।
सुदूरपश्चिमबाट बुहारी बिना मगरलाई अगाडि बढाएका कारण असन्तुष्टि बनेका लेखराज भट्ट नेकपा एमालेतिर लागिसकेका छन् । बुहारी मगरले सुदूरपश्चिमा गुटबन्दी गर्दा पुराना नेता खगराज भट्ट लगायत असन्तुष्ट छन् । बिनाले प्रचण्डको बलमा फरक मत राख्नेलाई निषेध गर्ने गरेको आरोप समेत छ । चितवनमा प्रचण्डले छोरी रेनु दाहाललाई अगाडि बढाएका छन् । प्रचण्डका नातागोता भएका ठाउँमा माओवादीभित्र अरुले राजनीतिबाट पलायन हुनुपर्ने अवस्था देखिएको छ । तर जनयुद्धमा दुःख गरेका गरीबका छोराछोरी यतिबेला खाडीमा पसिना बगाइरहेका छन् ।
‘अपवित्र’ गठबन्धन !
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पर्याप्त स्वार्थपूर्ति हुन नसकेपछि प्रचण्ड यतिबेला विचार नमिल्ने नेपाली कांग्रेससँग मिलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर प्रचण्डले यतिबेला सत्तास्वार्थ पूरा गरिरहेका छन् ।
प्रचण्डपथ सत्ता स्वार्थकेन्द्रित भएको देखिन्छ । कम्युनिस्ट एकताको रटान नछाड्ने प्रचण्ड अहिले सत्ता स्वार्थका लागि कांग्रेससँग मिलेका छन् ।
नेतृत्व विकास हुनै नदिने, आजीवन आफैं अध्यक्ष !
प्रचण्डपथको अर्काे अनौठो विशेषता भनेको आजीवन अध्यक्ष भइरहनु देखिएको छ । पार्टीमा अरुलाई नेतृत्वमा पुग्ने गरी विकास हुनै नदिने र सदैव आफैं अध्यक्ष भइराख्ने चरित्र प्रचण्डमा देखिएको छ ।
पार्टी नेतृत्व गर्न खोज्ने मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, रामबहादुर थापा ‘बादल’ लगायत पलायन भइसकेका छन् । अझै पनि प्रचण्ड आफैं अध्यक्ष बन्ने सुरसारमा छन् । प्रचण्डले नेतृत्व परिवर्तनलाई ‘बुर्जुवा लोकतन्त्र’ भनेर उल्टा व्याख्या गर्ने गरेका छन् तर आफैं आजीवन अध्यक्ष भइराख्ने पदलोलुप प्रवृत्तिलाई पक्षपोषण गरिरहेका छन् । प्रचण्डपथ पदलोलुप पथमा हिँडेको छ ।




प्रतिक्रिया