काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकलगत्तै स्थायी कमिटी सूरु भएको हो ।आजबाट काठमाण्डुमा सुरु हुने पार्टीको आठौं महाधिवेशन तयारीस्वरुप स्थायी कमिटी बैठक सुरु भएको हो ।
स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत ११ दललाई निमन्त्रणा गरेको छ ।




प्रतिक्रिया