सोमबार २७१ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सोमबार २७१ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ नमूना परीक्षणमध्ये २५१ पीसीआर र २० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

आज देशभर २२५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ११ हजार ५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।