पत्रकार सम्मेलनमै मायाकी आमाले भनिन् : छोरीका हत्यारालाई फाँसी नदिए प्राण त्याग्छु

पत्रकार सम्मेलनमै मायाकी आमाले भनिन् : छोरीका हत्यारालाई फाँसी नदिए प्राण त्याग्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा बलात्कार गरी हत्या गरिएकी माया बिकका परिवारले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।

कैलालीको धनगढीमा बिहिबार पत्रकार सम्मेलन गरेर उनीहरुले घटना दर्दनाक भएको भन्दै घटनामा पक्राउ परेकाहरुलाई हदैसम्मको सजाय हुनु पर्ने माग राखेका हुन् ।माया बिककी आमा देउसरा बिकले भनिन, ‘आफ्नी एक्ली छोरीको यस्तो हालत (सामुहिक बलात्कारपछि हत्या) गर्नेलाई राज्यले हदैसम्मको सजाय देओस् होइन भने न्यायका लागि प्राण आहुति गर्नसमेत पछि पर्ने छैन ।’

उनले अपराधिलाई सजाय कम भयो भने अन्य व्यक्तिहरुले समेत यस्ता घटना फेरि दोर्हयाउन सक्ने भन्दै आफ्नी एक्ली छोरीलाई अपहरणपछि सामुहिक बलात्कार गरी हत्या गर्नेलाई प्रदेश सरकारले नयाँ कानून बनाएर भएपनि फाँसीको सजाय हुनु पर्ने बताइन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य पूर्णा जोशीले सुन्दै पनि आङै जिरिङ्ग हुने यस्ता घटनाले आफूहरुलाई निकै पीडा भएको भन्दै मायाका परिवारलाई धैर्य घारण गर्न आग्रह गरिन् । उनले पक्राउ परेका अपराधिहरुलाई कुनैपनि हालतमा सजाय कम हुने वातावरण बन्न नदिने बताइन् ।

गौरीगंगा नगरपालिका(११ जरही कटानकी १९ वर्षीया मायाको सामुहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा गत असार १५ गते शव फेला परेको थियो । उनी असार १२ गतेदेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।