शेयर बजार ४३.२९ अंकले बढ्यो

शेयर बजार ४३.२९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार आरालो लागेको शेयर बजार आज भने बढेको छ । कारोवार हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ । आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ ।