स्वर्गीय नेता रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक

स्वर्गीय नेता रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  – स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ।

राजधानीमा भएको एक कार्यक्रमकाबीच त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमाले पुस्तकको लोकार्पण गरे। लोकार्पणपछि बोल्दै माथेमाले राजनीतिमा लामो समय बिताएको एक नेताले पुस्तकमा प्रेम विवाह र यौनबारे आफ्नो धारणा राखेकाले रामहरी जोशीको नखुलेको पाटो प्रकाशमा आएको धारणा समेत राखे।

पुस्तकमाथि समिक्षा गर्दै साहित्यकार डा रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा उत्पन्न गराउने दोधार तथा    कौतुहलता, यसको जवाफका साथै थप केही प्रश्न जन्माउन पुस्तक सफल बनेको धारणा राखे। रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनको भनाई थियो।

रामहरी जोशीका विद्यार्थी बद्री मास्केले रामहरी जोशीले आफुलाई सर्लाहीको पब्लिक स्कुलमा पढाएकाले उनको नैतिकता आदर्शप्रति आफूहरु प्रभावित भएको भए पनि केही नयाँ कुरा यसै पुस्तक मार्फत थाहा पाएको बताए।

अर्का वक्ता नुतन थपलियाले रामहरी जोशीको राजनैतिक र साहित्यिक पाटोको चर्चा गरेका थिए। गएको वर्ष असार २९ कै दिन रामहरी जोशीको ९२ वर्षको उमेरमा निधन भएको थियो। जोशीको निधन भएको एक वर्ष पुगेको दिनमा नै उनको पुस्तक प्रकाशन गरिएको हो। सोही कार्यक्रममा बद्री मास्के अध्यक्ष रहनेगरी रामहरी जोशी प्रतिष्ठान समेत घोषणा गरिएको छ।