स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही बमोजिम उपत्यकाका सिडिओहरु छलफलमा जुट्ने भएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज दिउँसो सुरक्षा निकायसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने जानकारी दिइन् ।

‘हामीले पाएसम्मको अधिकार प्रयोग गर्छौं । सोही विषयमा छलफल हुन्छ । स्मार्ट लकडाउनलगायतका विषयमा छलफल हुन्छ,’ सिडिओ शर्माले काठमाण्डुपाटीसँग भनिन् ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।