पश्चिमी वायुका प्रभावले ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुका प्रभावले ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस्तै राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ