त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिटर पास वितरण बन्द, बिदाइ र स्वागतका लागि नआउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिटर पास वितरण बन्द, बिदाइ र स्वागतका लागि नआउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको छ ।

साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थलमा नआउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।