काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । मन्त्रिपरिषद्ले बिदा स्वीकृत गरेपछि प्रधानसेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको राजधानी नयां दिल्ली गएका थिए ।
भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया