परराष्ट्रमन्त्री खनाल भोलि न्युयोर्क प्रस्थान गर्ने

परराष्ट्रमन्त्री खनाल भोलि न्युयोर्क प्रस्थान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल भोलि आईतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

परराष्ट्रमन्त्री खनालले न्युयोर्कमा रहँदा समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ २२ सेप्टेम्बरमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री बालेनले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।