नारायणी नदीमा दुई वर्षभित्र नेपाली झण्डाबाहक पानी जहाज चल्ने

नारायणी नदीमा दुई वर्षभित्र नेपाली झण्डाबाहक पानी जहाज चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी दुई बर्षभित्र गण्डकी नदीमा पानी जहाज चलाइने तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने भएको हो ।

मन्त्री परिषद बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले आगामी दुई बर्षभित्र गण्डकी (नारायणी) मा पानी जहाज चल्ने बताए।‘त्यसैका लागि भारतीय अधिकारीहरुको टोलीसँग आइतबारदेखि वार्ता सुरु भएको छ’ ज्ञवालीले भने, ‘त्यहाँ गण्डकीमा जहाज चलाउने गरी कुराकानी हुँदैछ।’

जल तथा उर्जा आयोगको आयोजनामा नेपाल आएका भारतीय पानीजहाज प्राधिकरणका अधिकारीहरुसँग भएको छलफलबारे मन्त्री ज्ञवालीले जानकारी दिएका हुन्।मन्त्री ज्ञवालीका अनुसार, करिव ३ सय मेट्रिक टन सामान बोक्ने क्षमताको जहाज गण्डकी (नारायणी) नदीमा चलाउन सकिने स्थिति छ।

पानी जहाज चलाउनका लागि आवस्यक पर्ने प्राविधिक सहयोग भारत सरकारले दिने जानकारी पनि मन्त्री ज्ञवालीले दिए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले नेपाली ध्वजा (झण्डा) बाहक प्रशान्त र हिन्द महासागरमा पानी जहाज चलाइने बताएका थिए।