बिहिबार देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

बिहिबार देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि दबाब स्वरूप बन्द गर्ने घोषणा गरेको हो ।

चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतिघर मण्डलामा भेला हुने निर्णय गरेको छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

जुम्लामा १९ दिनदेखि अनशनरत डा. केसीसँग सरकारले कर्मचारी सम्मिलित वार्ता टोली बनाएर दुई चरणसम्म वार्ता गरेपनि निष्कर्ष निस्केको छैन। सरकारले आवश्यक म्यान्डेट नै नदिई कर्मचारीको वार्ता टोली बनाएको भन्दै डा. केसीले कर्मचारीसँग वार्ता नगर्ने घोषणा समेत गरेका छन्। सरकारले डा. केसीको जीवन रक्षाको पहल नगरेको र माग पुरा गर्नतर्फ संवेदनशीलता नदेखाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भएका छन्।