नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल : प्रचण्ड

नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले भेटर्वाता गरेकी छन्।

आफ्नो कार्यकाल सकिनै लाग्दा टेप्लिजले अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिदाइ भेट गरेकी हुन् । भेटमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।

उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूल्ठूला चुनौतिहरूमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् ।उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन् ।