काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् ।
आयोगले आज (मंगलबार)बाट प्रवक्ताको जिम्मेवारी सहसचिव भण्डारीलाई दिएको हो । अख्तियारले भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्यामप्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।




प्रतिक्रिया