काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे फागुन ८ गतेको बैठकबाट टुंगोमा पुग्ने बताएका छन् । शुक्रबार बालुवाटारमा शुक्रवार बसेको गठबन्धनको बैठकपछि मन्त्री कार्कीले ८ गते एमसीसीबारे टुंगोमा पुग्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीले आजको बैठकमा एमसीसीलाई एउटा टुंगोमा पुर्याउन चाहन्छौँ भन्नुभयो । ८ गते बस्ने बैठकबाट हामी टुंगोमा पुग्छौँ।’ आज बसेको गठबन्धन दलहरुबीच एमसीसीबारे सहमति जुट्न सकेन ।
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा प्रधानमन्त्री देउवासँग आफ्नो स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेका छन् । तर प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो एमसीसीबारे निर्णय गर्न प्रचण्डलाई सुझाव दिएका छन् ।




प्रतिक्रिया