कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमालेद्धारा बहिस्कार

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमालेद्धारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने भएका छ ।