काठमाण्डु- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजनामा सहमति जुट्न सकेन । त्यहीकारण आजको संसद बैठकमा एमसीसी टेबुल हुन सकेन ।




प्रतिक्रिया