काठमाण्डु – सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ दलहरुबीच एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै संसदमा टेबल गर्ने सहमति भएको उनले बताए ।
सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री कार्कीले बैठकपछी भने ‘एमसीसी आजै टेबल गर्ने सहमति दलहरुबीच भएको छ । संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ । ’




प्रतिक्रिया