काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसद बैठकको कार्यसूचीमा राख्ने की नराख्ने विषयको टुंगो लगाउने छ ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।




प्रतिक्रिया