प्रतिनिधिसभा बैठक फागुन १२ गते सम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन १२ गते सम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

आजको बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरे । कार्कीले एमसीसी टेबुल गर्ने क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए ।

लामो समय देखि एमसीसी टेबुल गर्ने भनिए पनि सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे सहमति जुट्न नसक्दा एमसीसी टेबुल हुन सकेको थिएन । आज विहान बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेबुल गर्ने सहमति गरेको थियो ।