काठमाण्डु – प्रहरीले ३७ जना चिनियां नागरिकहरु बानेश्वरबाट पक्राउ गरेको छ । काठमाण्डु प्रहरीले सोमबार राति नयाँ बानेश्वरबाट उनीहरूलाई पक्राउ परेको हो ।
टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए । उनिहरुमाथी धम्की दिएको आरोप समेत छ ।
केही नेपाली नागरिकसहित प्रक्राउ परेका उनिहरुलाई नयां बानेश्वर वृतमा राखेर प्रहरीले छानबिन गरिरहेको छ । प्रक्राउ परेका चिनियां नागरिकहरुको साथबाट कल बाइपासमा प्रयोग हुने उपकरण समेत बरामद भएको छ ।




प्रतिक्रिया