डा .केसीका जायज माग पुरा गर्न पूर्वराष्ट्रपति यादवको सरकारलाई ध्यानाकर्षण

डा .केसीका जायज माग पुरा गर्न पूर्वराष्ट्रपति यादवको सरकारलाई ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -पूर्वराष्ट्रपति डा. रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्तामार्फत् छिटो समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उहाँको जीवनको पनि रक्षा हुने स्पष्ट पारे।

सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले संचारकर्मीमाझ नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको पनि स्मरण गराए।

वरिष्ठ चिकित्सक केसीले पछिल्लो पटक आमरण अनसन सुरू गरेको २४ औं दिन पुगेको छ । चिकित्सक समेत रहेका पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्य अवस्था संवेदनशील भएकाले सो समस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

पूर्व राष्ट्रपति यादवले सरकारले जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौंमा ल्याएकोमा भने खुसी व्यक्त गरे।वरिष्ठ चिकित्सक केसीको माग जायज भएकाले पनि सरकारले सो समस्या समाधान गर्न ढिलाई गर्न नहुने पूर्व राष्ट्रपति यादवको भनाई छ ।