सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुग्यो

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । नेपाली सेनाले मंगलबार पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती ५९ अर्व ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो ।

हाल कोषको नगद मौज्दात ५४ अर्व १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्व ८३ करोड १४ लाख रुपैया लगानी भएको सेनाले जनाएकाे छ ।

त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ ।