प्रधानसेनापति शर्माले गरे बाहिनी अड्‍डाको निरीक्षण

प्रधानसेनापति शर्माले गरे बाहिनी अड्‍डाको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानसेनापति प्रभुराम शर्माले २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका छन् । मंगलबार प्रधानसेनापति शर्माले  मकवानपुर सुपारेटारस्थित श्री नम्बर  २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति शर्माले उक्त बाहिनी अड्‍डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माले बागमती प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल समेत गरेका थिए ।