राष्ट्रपति भण्डारीकी छोरी एमाले काठमाण्डु जिल्ला कमिटी सदस्यमा मनोनित

राष्ट्रपति भण्डारीकी छोरी एमाले काठमाण्डु जिल्ला कमिटी सदस्यमा मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छन् । उनी नेकपा एमाले काठमाण्डु जिल्ला कमिटीमार्फत राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी हुन् ।

मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई मंगलबार सकिएको काठमाण्डु जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले सदस्यमा मनोनित गरेको हो । पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्य मनोनित भएसँगै उनको राजनीतिमा औपचारिक प्रवेश भएको छ । उनी यसअघि अखिल नेपाल महिला संघमा पनि सक्रिय थिइन् ।

भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्रास्ट्रिय मामिलामा एमए गरेकी भण्डारी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्षसमेत थिइन् ।