भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई लोसपाको निर्देशन

भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई लोसपाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भोलि बस्ने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन सबै सांसदलाई निर्देशन दिएको छ । आज बुधबार बसेको लोसपा संसदीय दलको बैठकले सबै सांसदहरुलाई बिहीबार बस्ने संसद बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

छलफलपछि संक्षिप्त प्रक्रिया दिँदै सांसद लक्ष्मणलाल कर्णले एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिईएको जानकारी दिए । उनले अध्यक्षले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए ।