काठमाण्डु – प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गर्दै भोलि बस्ने संसद बैठकमा एमसीसीमाथि छलफल हुने जानकारी दिएको हो ।
बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा दोस्रो बुँदामा एमसीसीलाई समावेश गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने संसद सचिवालयद्धारा जारी सम्भावित कार्यकूचीमा उल्लेख गरिएको छ ।





प्रतिक्रिया