विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस, को-कहाँ ?(सूचीसहित)

विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस, को-कहाँ ?(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको हो ।

परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको छ ।

गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएसँगै विशेष अदालत खाली छ ।