एमसीसीः संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’ 

एमसीसीः संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गरिएलगत्तै देशभर आन्दोलन तीब्र बनेसंगै प्रहरीलाई ‘हाइ अलर्ट’ गराइएको छ। संसद भवनको चारैतिर  जनपद र सशस्त्र प्रहरीको टोली बसेको छ ।

एमसीसीको विरोधमा बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ ।​

संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो । संसदमा एमसीसीबारे आजदेखि छलफल प्रारम्भ हुँदैछ ।