एमसीसी पारित गर्न प्रधानमन्त्रीले सुरु गरे सबै बिकल्पमा छलफल

एमसीसी पारित गर्न प्रधानमन्त्रीले सुरु गरे सबै बिकल्पमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदबाट अनुमोदन गराउन जोड घटाउ सुरु भएको छ । एमसीसी संसदमा टेबल भइसकेको छ । त्यसमा छलफल गर्नको लागी बिहिबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ ।

बैठकमा आज सबैभन्दा पहिलो सम्झौताको सैद्धान्तिक विषयमाथि बहस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसद बैठकमा प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ । तर, उनि हिजै पर्वत पुगेका छन् । यसअघि पनि आइतबार टेबल गर्ने दिन बिरामी परेको भन्दै अनुपस्थित भएका थिए ।

एमसीसीको बारेमा सत्ता गठबन्धनभित्र अहिलेसम्म कुरा मिलेको छैन । तर,प्रधानमन्त्री शेरबहादुर देउवा भने बहुमतले एमसीसी संसदबाट पारित गर्ने प्रयासमा लागेका छन् । यसका लागी उनले सत्तारुढ दलका नेता र प्रतिपक्ष दल एमालेसंग छलफललाई तिब्र बनाएका छन् ।

एमसीसीलाई पारित गर्ने विषयमा अहिलेसम्म सत्तारुढ गठबन्धनमा कुरा मिलेको छैन । तर, गठबन्धनलाई जोगाएर एमसीसी पारित गर्ने विकल्पमा भने नेताहरुबीच छलफल चलिरहेको छ । त्यसमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवादेखी लिएर कांग्रेस नेताहरु पुर्णबहादुर खड्का, बालकृष्ण खांड र ज्ञानेन्द्र बहादुर कार्कीसम्म सक्रिय छन् ।

एमसीसी पारित गर्न प्रतिनिधिसभामा कायम रहेको २७१ मध्ये एक चौथाइ गणपुरक संख्या मात्र उपस्थित भए पनि एमसीसी पारित हुन सक्छ । तर, यसलाई सके बहुमत नभए दुई तिहाइ पुगाउने रणनीतिमा प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत रेण्डी बेरी लागेका छन् ।

एमसीसीको पक्षमा मतदान गर्नको लागी नेपाली कांग्रेसले सबै सांसदलाई ह्विप जारी गरिसकेको छ । कांग्रेसका ६१,लोसपाका १३,जसपा बावुराम पक्षका १२ सांसद एमसीसीको पक्षमा खुलिसकेका छन् ।

एकीकृत समाजवादीले समेत सांसदलाई ह्विप लगाउने सम्भावना कम छ । त्यसो भएको खण्डमा एक दर्जन सांसदले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना पनि छ । पर्यटनमन्त्री प्रेम आलेले प्रधानमन्त्री देउवालाई आफु निकट १० सांसदले मतदान गर्ने भन्दै बार्गेनिंग गरिरहेको स्रोत बताउंछ ।

एमालेले बैठकमा उपस्थित भए भने र लोसपा र जसपाको एउटा पक्षले उसलाई साथ दिएको खण्डमा भने बहुमत पुग्न कठिन हुनेछ । त्यसो गर्दा एमालेले विपक्षमा मतदान गर्ने सम्भावना समेत छ ।

एमाले र कांग्रेसबीच एमसीसीको बारेमा छलफल भएपनि निष्कर्शमा भने पुगिनसकेको नेताहरु बताउंछन् । प्रधामन्त्री देउवा एमालेले अघि सारेको सर्तमा सहमत अहिलेसम्म भएका छैनन ।

एमालेले सभामुखविरुद्ध कारबाही गरिनुपर्ने वा हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सांसद हटाउनुपर्ने सर्त अघि सारेको छ । तर, त्यसमा कांग्रेस सहमत भइसकेको छैन ।