बानेश्वरमा २४ सय प्रहरी परिचालन, एसपीको कमाण्डमा १४ जना डिएसपी खटिए

बानेश्वरमा २४ सय प्रहरी परिचालन, एसपीको कमाण्डमा १४ जना डिएसपी खटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय प्रहरी प्रधान कार्यालयले बानेश्वर क्षेत्रमा हुने प्रदर्शनलाई मध्यनजर गर्दै दुई हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।

एमसीसीका विरोधमा भइरहेका प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरी हेडक्वाटरले बानेश्वर क्षेत्रमा २४ सय बढी सुरक्षाकर्मी परिचालन गरेको हो । सर्वत्र विरोधकाबीच गत आइतबार प्रतिनिधिसभामा टेबल भएको एमसीसीमाथि आजबाट सैद्धान्तिक छलफल हुँदैछ ।

संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन शुरु भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले प्रदर्शनलाई लक्षित गरेर परिसरबाट १२ सय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी बानेश्वर क्षेत्रमा खटाइएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी दिनेश राज मैनाली आफै फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाण्डुका एसएसपी सुदिप गिरीले गरेका छन् ।

त्यस्तै विभिन्न दलका विद्यार्थी संगठन, नागरिक समाज लगायतले एमसीसीका विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् । दिनहुँजसो हुने प्रदर्शनका क्रममा प्रहरी र आन्दोलकारीबीच झडप समेत हुने गरेको छ ।