काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धन भत्कनु मुलुकको हितमा रहेको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन भत्काउन एमाले नलागेको तर गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताएका हुन् ।
‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उनले भने । नेता भट्टराईले एमालेले उठाएको माग सम्बोधन नगरेसम्म सरकारलाई सहयोग गर्न नसिकने प्रस्ट पारे ।
‘अहिले जारी सम्वादले निकास निस्किने ननिस्किने कुनै निश्चित छैन । प्रधानमन्त्रीजीले ब्ल्याङ्क चेक दिनुस भनिरहनुभएको छ । कुरा के हो प्रस्ट नभई एमालेले ब्ल्याङ्क चेक दिँदैन, सहयोग गर्दैन,’ उनले भने ।
उनले अहिले गुटका संकट पार्टीमा, पार्टीका संकट गठबन्धनमा र गठबन्धनका संकट राष्ट्रिय संकट बनाएर भूराजनीतिको चलखेल गर्ने अखडाका रुपमा नेपाललाई बनाइएको समेत बताए ।




प्रतिक्रिया