केपी ओलीलाई प्रचण्डको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नुस्

केपी ओलीलाई प्रचण्डको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

आज नयाँ बानेश्वरस्थितसंसद भवनमा भएको भेटवार्तामा प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ‘प्रचण्ड’ले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दावी गरे ।

‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ । तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था छैन,’ भट्टराईले भने ।

यी दुई शीर्ष नेताबीच चिसिएको सम्बन्धमा पछिल्लो समय भने एमसीसीसँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्ता जारी छ ।