संसद बैठक जानुअघि माओवादी नेताहरु छलफलमा

संसद बैठक जानुअघि माओवादी नेताहरु छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अमेरिकी सहायता सम्झौता एमसीसीबारे छलफलका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा एक घण्टादेखि पूर्वस्थायी समितिको बैठक जारी रहेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारबाट बाहिरिने तयारी गरिरहेको माओवादीको बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेको स्रोतले बतायो ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने बताइरहेका छन् । सरकारमै बसेर सरकारले प्रस्ताव गरेको एमसीसी सम्झौताका विपक्षमा मत दिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठेरोमा परेका छन् ।उनले एमसीसीका विपक्षमा उभिए माओवादीका मन्त्रीहरु बर्खास्त गर्ने समेत चेतावनी प्रचण्डलाई दिइसकेका छन् ।