युक्रेनमाथिको हस्तक्षेप तत्काल बन्द गर्न एमाले उपमहासचिव ज्ञवालीको माग

युक्रेनमाथिको हस्तक्षेप तत्काल बन्द गर्न एमाले उपमहासचिव ज्ञवालीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसले गरेको हमलाको विरोध जनाएका छन् । उनले युक्रेनमाथिको हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने धारणा राखेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जाल टिव्टरमा लेख्दै भनेका छन् ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु । प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ । त्यसैले रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ । ’

ज्ञवालीले रुसलाई राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने धारणा समेत राखेका छन् ।