काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । शुक्रबार एक बजेका लागि बोलाइएको संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा एमसीसीमाथि संद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो ।
त्यसअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नबसेरै आजको संसद् बैठक बस्ने तयारी गरिएको थियो । तर बैठक बस्ने आधा घण्टा अघि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।
एमसीसीका विषयमा सैद्धान्तिक छलफल पश्चात् बहुमत वा मत विभाजनमा जाने भन्ने विषयमा सहमति जुट्न नसक्दा आजको बैठक स्थगित गरिएको स्रोतले बतायो ।




प्रतिक्रिया