काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
यसअघि जसपा कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा निर्णय गर्न शीर्ष नेतालाई जिम्मा दिएको थियो । आइतबार तीन शीर्ष नेताको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए ।
यसअघि उपेन्द्र यादव एमसीसीका विषयमा मौन बसेका थिए भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सुरुदेखि नै एमसीसीको पक्षमा वकालत गर्दै आएका थिए । अब एमसीसीको पक्षमा जसपाका १९ सांसद नै उभिने छन् ।




प्रतिक्रिया