बानेश्वर बन्यो रणभूमि : हतियार लिएर सडकमा प्रदर्शनकारी, एक महिला घाइते

बानेश्वर बन्यो रणभूमि : हतियार लिएर सडकमा प्रदर्शनकारी, एक महिला घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ बोश्वर क्षेत्रमा एमसीसी विरुद्धको प्रदर्शन जारी छ । विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा प्रदेर्शन गरिरहेका छन् ।

माइतीघर नयाँ बानेश्वर सडकखण्डमा कडा प्रहरी तैनाथका बिच पनि प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । धारिलो हतियार खुर्पा समेत बोकेर सडकमा निस्किएका प्रदर्शनकारीहरुले ढुङ्गामुडा गरेका छन् ।

प्रहरीको सम्भावित प्रतिकारबाट जोगिन ढुंगा हान्न पुग्नेहरु हेलमेट सहित देखिएका छन् । प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि पानीको फोहरा प्रहार भएको छ । प्रहरीको प्रतिकारका बाबजुद प्रदर्शनमा उत्रिएकाहरुले ढुंगामुडा जारी राखेका छन् ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संघकी एक महिला कार्यकर्ता घाइते भएकी छन् ।