सर्तैसर्तको एमसीसी सम्झौता पास नगर्न झलनाथ खनालको आग्रह

सर्तैसर्तको एमसीसी सम्झौता पास नगर्न झलनाथ खनालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौता साप नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेता खनालले एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उक्त सम्झौता पास नगर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी र एमसीए नेपालसँग भएका सबै दस्तावेज अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताए । उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्रोत रहेको भन्दै आफैंले यस्ता आयोजना पूरा गर्नुपर्ने बताए ।