ह्वावेले सावर्जनिक गर्‍याे वायरलेस नेटवर्क आर्किटेक्चर

ह्वावेले सावर्जनिक गर्‍याे वायरलेस नेटवर्क आर्किटेक्चर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शंघाइ – ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर इन्टेलिजेन्ट रेनको सावर्जनिक गरेको छ । प्री एमडव्लूसी ब्रीफिङ र प्रोडक्ट र सोलुसन लन्च कार्यक्रममा ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, इन्टेलिजेन्ट आरएएनको सावर्जनिक गरेको हाे ।

यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो । ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा एडिएनलाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पारे “इन्टेलिजेन्सले कोरिलेटिभ डेटा विश्लेषण र प्रभावकारी निर्णय लिने भविष्यवाणीलाई सपोर्ट गरेर वायरलेस नेटवर्कहरूमा धेरै सुधार गर्दछ ।

यहाँबाट इन्टेलिजेन्ट रेन आउँछ । यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव रऊर्जा इफिसियन्सी महसुस गर्न सक्षम बनाउँछ । मोबाइल इन्टेलिजेन्ट इन्जिनको प्रयोग गरेर यसले बेस स्टेशन र नेटवर्कहरू बीच डाटा, मोडेल र निर्णयहरू राम्रोसँग समन्वय गर्नेछ, जसले वायरलेस इन्टेलिजेन्सको लागि मार्ग देखाउने छ ।”

फाइभ जीलेवायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ । यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदैछन् । सेलहरू बीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि बाधा पुऱ्याइरहेको छ । र, ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ ।

यी चुनौतिहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग गर्दछन ।

तिनीहरु अब अप्टिमल अनुभव र इनर्जी दक्षताका साथ सञ्चालन हुन रिसोर्सेस कन्फिगरेसन र सरलीकृतका लागि प्रयोगकर्ता-केन्द्रित नेटवर्कहरूतिर ध्यान दिदैछन । ह्वावेको नयाँ इन्टेलिजेन्ट रेनले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेडुलिङ्ग शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिन्छ ।

यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन् । इन्टेलिजेन्ट रेन सङ्गैको सेवा प्रेडिक्सनले नेटवर्क साइडमा नन्-रीयल-टाइम स्पेक्ट्रम र च्यानल सेलेक्सन र रियल-टाइम सीम्बल सेड्युलिंग र बेस स्टेशन साइडमा ट्रान्स्मिट पावर कन्फिगरेसनलाई पनि गाइड गर्दछ । यसले महत्त्वपूर्ण रूपमा सम्पूर्ण नेटवर्कमा ऊर्जा खपत घटाउँछ ।

थप रूपमा, इन्टेलिजेन्ट रेनले इन्टेलिजेन्ट एसएलए साइट योजनालाई सक्षम बनाउँछ जहाँ प्यारामिटरहरू डाइनामिक रूपमा कन्फिगर हुन्छन् र सेवा परिवर्तनहरूको प्रतिक्रियामा मोडेलहरू फ़्लेक्जिबल रूपमा समायोजन गर्न सकिन्छ । इन्टेलिजेन्ट रेन भएका सञ्जालहरूले इन्टेलिजेन्टबाट पनि लाभ उठाउँछन् ।

तिनीहरूले त्रुटि पत्ता लगाउने र मूल कारण विश्लेषणलाई सुधार गर्न गल्तीहरू स्वयम् सिक्न सक्छन् । यसले निष्क्रिय प्रतिक्रियाहरूलाई सक्रिय मर्मतसम्भारसँग प्रतिस्थापन गर्छ, हामीलाई जीरो-फल्ट वायरलेस नेटवर्कहरूतिर एक कदम नजिक ल्याउँछ ।यसले नेटवर्क योजना, अप्टिमाइजेसन र VIP प्रयोगकर्ता आश्वासनको लागि थप सही मार्गदर्शन प्रदान गर्दछ ।