फुट्यो सत्ता गठबन्धन, बाहिरियो जनमोर्चा

फुट्यो सत्ता गठबन्धन, बाहिरियो जनमोर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । एमसीसीको विरोध गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले सोमबार सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै गठबन्धनबाट अलग हुने घोषणा गरेको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । आइतबार प्रतिनिधसभा बैठकले बहुमतका साथ एमसीसी पारित गरेको थियो ।

एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको उनको भनाइ छ । योसँगै पाँच दलीय सत्ता गठबन्धनमा अब चार दल बाँकी रहेका छन् ।

प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चा पाँच दलीय गठबन्धनमा सहभागी भएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको सहयोगमा  शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।