सरकार फेरबदल गरेर संविधानमाथि प्रहार हुने देखिएपछि एमसीसीको पक्षमा उभिए : प्रचण्ड 

सरकार फेरबदल गरेर संविधानमाथि प्रहार हुने देखिएपछि एमसीसीको पक्षमा उभिए : प्रचण्ड 

एमसीसी पास भएपछि खुसी भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण संविधानमाथि प्रहार हुने देखिएकाले अनुमोदन गर्न सहयोग गरेको बताएका छन् ।

एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले सोमबार पत्रकार सम्मेलनमार्फत एमसीसी पास नभएको भए संविधानमाथि नै प्रहार हुने देखिएको बताएका हुन् ।  संविधानको रक्षाका लागि बनाएको गठबन्धन जोगाउन पनि एमसीसी पास गर्न सहयोग गरिएको उनको भनाइ छ ।

‘ हामीले संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौँ । तर एमसीसीको कारण संविधानमाथि नै प्रहार हुने देखियो । एमसीसीकै कारण फेरि नयाँ सरकार बन्ने, सभामुख हटाउने, सांसदको पद खारेज गर्ने जस्ता थुर्पै खतरा बढे ।’ उनले भने, ‘फेरि देशमा ठुलो संकट आउने देखिएपछि एमसीसी संशोधन गरि कसरी पास गर्न सक्छौँ भन्ने तर्फ हामी लाग्यौँ । अन्तिममा व्याख्यात्मकसहित पास गर्यो भने अति उत्तम हुन्छ भन्ने निष्कर्षमा पुग्यौँ। हिजो एमसीसी पास भयो । देश दुर्घटनाबाट बचेकाले म खुसी छु ’