काठमाण्डु – नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी र पछिल्लो राजनीतिक अवस्थाको बारेमा एमालेले सोमबार आफ्ना धारणा सार्वजनिक गर्न लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
एमालेले सत्तारुढ गठबन्धनले एमसीसी संसदबाट पारित गर्दा नाराबाजी गरेर संसद अवरोध गरेको थियो । तर, एमसीसीमा एमालेले अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेपनि एमाले अध्यक्ष ओलीले पहिला आफ्नो पार्टीले कार्वाही गरेका १४ सांसदको बारेमा निर्णय हुनुपर्ने माग राख्दै आएको छ । एमालेले संसद प्रवेशको वातावरण बनाउन आग्रह गर्दै आएको छ ।




प्रतिक्रिया