स्थानिय प्रशासनको गोली हान्ने आदेशपछि सुनसान विरेन्द्रनगर

स्थानिय प्रशासनको गोली हान्ने आदेशपछि सुनसान विरेन्द्रनगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार एकाएक रणभूमि बनेको सुर्खेतको विरेन्द्रनगर आज मंगलबार भने सुनसान बनेको छ । एमसिसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि विरेन्द्रनगरमा स्थानिय प्रशासनले कर्फ्यू लगाएको छ ।

प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान बनेको हो ।

कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिएका छन् । कर्फ्यू जारी भएसँगै धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रका सबै शिव मन्दिर सुनसान छन् ।

सोमवार साँझ बन्दकर्ताले सुर्खेतका एमाले पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमवार रातिदेखि आज साँझ ७ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो ।

कर्फ्यू जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।